डडेल्धुरा, ८ फागुन । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका(१० का मोटरसाइकल चालक २३ वर्षीय पवन छत्याल र वडानम्बर ७ का २२ वर्षीय प्रेम हमालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मंगलबार राति ११ बजे तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल सडकबाट झण्डै ४०र५० मिटर तल खसेर दुर्घटना भएको जनाएको छ ।
दुर्घटनामा घाइते भएका आकाशबहादुर सिंहलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्