काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र ६ वटा प्रदेश प्रमुखहरुबीच भेटवार्ता भएको छ ।
बुधबार शितल निवासमा राष्ट्रपति भण्डारी र ६ वटा प्रदेश १, २, ३, गण्डकी, प्रदेश ५ र कर्णली प्रदेशका प्रमुखहरुबीच भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटवार्ता क्रममा उनीहरूले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ–आफ्ना अनुभवहरु जानकारी गराएको बुझिएको छ ।










प्रतिक्रिया दिनुहोस्