समाचार

२१ किलो चरेससहित चार जना पक्राउ



काठमाडौँ, १० फागुन । महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले चरेससहित मकवानपुरका २५ वर्षीय सुकराम गोले, २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाकारी दिएको छ ।