स्वास्थ्य

आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प



सरकारी चिकित्सकहरूले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्ति जारीगरि आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने लागेको जनाएको छ ।

समायोजन विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री सुरेन्द्र कुमार यादवसँग आग्रह गर्दा पनि सुनुवाई नभए पछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सरकारी चिकित्सा संघको भनाइ रहेको छ ।

चिकित्सकहरूको आन्दोलनका कारण सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन नहुने भएको छ ।