काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
शुक्रबार नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपाका युवा नेता वलीको निधनले सिंगो पार्टी र देशलाई नै क्षपत पुगेकोे भन्दै मृतकका परिवार, आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।
युवा नेता वलीको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको थियो । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए ।










प्रतिक्रिया दिनुहोस्