काठमाण्डौ, १० फागुन । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भङ्ग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।
बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो ।
कार्यदललाई १० दिनभित्र बुझाउन भनिए पनि झण्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियो ।
पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्य दल विघटन गर्ने प्रस्ताव गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्