काठमाडौं, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार, राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएका छन् ।










प्रतिक्रिया दिनुहोस्