काठमाडौं, ११ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइतेलाई भेटेका छन् ।
मन्त्री थापासगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री समेत अस्पताल गएका थिए । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताएका छन । साथै उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए ।
शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडिको गेटमा अज्ञात समूहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङ घाइते भएका थिए । गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै मृत्यु भइसकेको छ । प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।










प्रतिक्रिया दिनुहोस्