काठमाडौँ, ११ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच न्यून भएको भन्दै द्रूतगतिमा पहुँच विस्तार गर्न राष्ट्रिय बीमा संस्थानलाई आग्रह गरेका छन् ।
शनिबार आयोजित राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवाप्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन ।
उनले भने, ‘नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको छ, समयानुकूल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रनुपर्ने आवश्यकता देखिन्छ ।’
उक्त अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको छ ।
विसं २०२४ पुस १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान ९प्रालि० स्थापना भई फागुन ११ गतेदेखि व्यावसायिक कारोवार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप विसं २०२५ पुस १ गते संस्थानमा परिणत भएको संस्थान आजदेखि स्थापनाको ५१औँ वर्ष पार गरी ५२औं वर्षमा प्रवेश गरेको छ ।










प्रतिक्रिया दिनुहोस्