Banner News

उन्नति र विकास तीव्र गतिमा अघि बढाउनु पर्दछ : प्रधानमन्त्री ओली



काठमाण्डौ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्ने बताएका छन ।

आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन दुवै मन्त्रालयलाई निर्देशन दिएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘केही नभएको होइन् तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन । कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले देशमा खाद्य अभाव नरहेको भन्दै मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको बताएका छन साथै खाद्य बस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई सचेत गराएका छन ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने बताउदै उनले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराएका छन ।