समाचार

मंगलवार सार्वजनिक बिदा



काठमाडौँ, १३ फागुन । फागुन १४ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।

विराटनगर महानगरपालिकाले वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको शोकमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले राज्यलाई नै ठूलो क्षति पुगेकाले उहाँको सम्मान महानगरपालिकाले मंगलवार सार्वजनिक बिदा दिने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो यो पूर्वघोषित निर्णय हो, भोलि (सोमबार) बोर्ड बैठक बोलाएर शोक प्रस्ताव पारित गर्दै पर्सी ९मंगलबार० महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गर्दछु ।’