काठमाडौँ, १४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम चैत १८ गतेबाट सुरु हुने भएको छ ।
सोमबार विमानस्थलको धावनमार्ग निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको टोलले पुगेको थियो । विमानस्थलको कालोपत्रको काम आउँदो २०७६ साल जेठसम्म सकिने पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।
झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी स्तरोन्नति थाल्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनााएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनर्सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
धावनमार्ग स्तरोन्नतिको जिम्मा चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेसनले पाएको छ । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक तीन अर्ब ७५ करोड रुपैयाँमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको हो ।
विमानस्थलको धावनमार्ग मर्मत ९कालोपत्रे० जिरो टु बाट सुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।
यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो रुप दिइनेछ । यो रिह्याबको काम गरे २२ घन्टा मात्र चल्ने गरेको विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुनेछ ।
यो काम गर्न राति १० बजेपछि मात्रै सुरु हुनेछ र विहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य भइसक्नेछ । एक रातमा धावनमार्गको ५ वा अवस्था हेरेर १० मिटरसम्ममा मात्रै काम हुन सक्छ । यो समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान-अवतरण सेवा रोकिनेछ ।
क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरणको व्यवस्था गर्नेछ । तीन वटा जोत्ने मेशिन, तीन वटा पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । विमानस्थलको धावनमार्गमा खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ । यस कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् ।
अहिले विमानस्थलको धावनमार्गमा समस्या दखिएपछि तत्कालै धावनमार्ग ममर्त गर्न ‘क्विक रेसपोन्स टिम’ बनाएको छ, जुन टिम धावनमार्गको पिचमा समस्या देखिएको खबर पाउनासाथै मर्मतका लागि दौडन्छ ।










प्रतिक्रिया दिनुहोस्