Banner News

प्रधानमन्त्री ओलीद्वारा अन्तरराष्ट्रिय नाट्य महोत्सवको उद्घाटन



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सबको उद्घाटन गरेका छन ।

उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रधानमन्त्री ओलीले  कलाकारहरुलाई प्रोत्साहन गर्दै आगामी वर्षदेखि कला क्षेत्रका लागि पनि वजेट छुट्याइने बताएका छ । उनले भने, ‘म कला प्रेमी मान्छे हुँ । यो सरकार पनि कलाकारको सरकार हो ।’

महोत्सबमा संस्कृतिविद सत्यमोहन जोशीसहित ९ जना नाट्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नाट्यकर्मीहरुलाई सम्मानित गरिएको थियो । प्रधानमन्त्री ओलीले नाट्यकर्मी प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभि सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरु सुभद्रा अधिकारी, सुनिल मिश्र, सूर्यमाला शर्मालाई ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका छन् ।

आजदेखि काठमाडौंका चार थिएटरहरुमा नियमित नाटक मञ्चन हुँदैछ । अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीको शिल्पी थिएटर, टेकुको कौसी थिएटर र किर्तिपुरको थिएटर मलमा फरक फरक नाटकहरु देखाइने छ ।

नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाट्य समूह यसमा सहभागी छन् ।