राजनीति

हिन्दूराष्ट्र कायम गराउन राप्रपाको मेची महाकाली यात्रा



काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र कायम गराउनका लागि बुधबारदेखि मेची महकाली यात्रा गर्ने भएको छ ।

पार्टीका अनुसार यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने जनाएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यले यात्रा गर्ने लागेको बताएका छन । पार्टीका शीर्ष नेता तथा विभिन्न धार्मिक गुरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम रहेको छ ।