समाचार

नेपाल एयरलाइन्समा माफियाको चलखेल



काठमाडौँ, १५ फागुन । नेपाल एयरलाइन्सको जहाज सरकारले तोकेको समयमै जापानको ओसाका उड्न नसक्ने अवस्था सिर्जना भएको छ । जापानको ओसाका स्थित कन्साई एयरपोर्टको सिकेटिएस ग्रुप ह्नडिलिङ कम्पनिसँग उडान सम्झौता भएको भए पनि अहिले उडान रद्ध गरिदा विदेश आवत जावत गर्ने पर्यटकहरु समस्यामा परेका छन् ।

चलखेलका कारण जहाज समयमै उड्न नसक्ने अवस्थामा पुगेको एयरलाइन्सका कर्मचारीहरुको भनाई छ । नेपाल एयरलाइन्सका सञ्चालक समितिका अगुवा र केही नेपाली र जापानिजहरुको मिलेमतोमा जहाज उडानमा अवरोध खडा गरेकै नेपाल एयरलाइन्सको जापान उडान फेरी स्थगित भएको स्रोतले जनाएको छ ।

हाल ग्राउण्ड मर्मतका नाममा नेपालको एयरपोर्ट अप्रिल १ बाट जुन ३० सम्म बेलुका ९ः३० बाट बिहान ८ः०० बजे सम्मको समयमा बन्द हुने भएकाले जापान उडानमा ठूलो समस्या भएको छ । नेपालको एयरपोर्टको मर्मत समयलाई केही हेरफेर गर्न सके सरकारले तोकेको मितिमा जहाज उडाउन कुनै समस्या नहुने विमानास्थलका उच्च कर्मचारीले बताउँदै आईरहेका छन् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले भने तोकिएको मापदण्डअनुसार जहाज छिटो उडाउन निर्देशन दिइसक्नुभएको छ । सबै ठाउँबाट सकारात्मक सहयोग भएमा नेपाल एयरलाइन्सले सरकारले तोकेको मितिमा नै जहाज उडाउन समस्या नहुने देखिएको छ ।

विगतदेखि नै नेपाल एयरलाइन्स विवादमा फस्दै आएको छ । एकपछि अर्को समस्यामा फस्दै जाँदा एयरलाईन्सको उडान नै रद्ध बनाउने खेलमा कर्मचारीहरु नै लागिपर्दा विदेश आवत जावत गर्न सर्वसाधारण मर्कामा पर्दै गईरहेका छन् । केही महिना अघि मात्र नेपाल एयरलाइन्सको वाईडबडी खरिद प्रकरणमा साढे चारअर्बको भष्ट्राचार भएको लेखा समितिले निष्कर्श निकालीसकेको छ । तर, लेखा समितिको निर्णयलाई लत्ताउदै सरकार नेपाल बायुसेवा निगममा भने विभिन्न चलखेल बढीरहेको छ ।