समाचार

सर्वाेच्च वार र JICA टाेलिबिच भेटघाट



काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालत वार एशाेसिएशन र जापान अन्तर्राष्ट्रिय सहयोग नियाेक (JICA) काे टाेलिबिच मंगलवार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सर्वोच्च अदालत वार एशाेसिएशनकाे आफ्नै बैठक कक्षमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा सर्वोच्च अदालत वार एशाेसिएशनकाे तर्फबाट अध्यक्ष बरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी, उपाध्यक्ष अधिवक्ता राजु खड्का, सचीव अधिवक्ता शुभनराज अाचार्य तथा काेषाध्यक्ष सराेज घिमिरे सहभागी थिए भने JICA टाेलिकाे नेतृत्व जापान अन्तर्राष्ट्रिय सहयाेग नियाेककी परियाेजना सल्लाहकार नाेरिकाे मात्सुडाले गरेकि थिइन् ।

उक्त भेटघाट कार्यक्रममा सर्वोच्च अदालत वार एशाेसिएशनकाे बर्तमान नेतृत्वले पदभार ग्रहण गरेयता सम्पन्न भएका कार्यक्रमहरूकाे बारेमा संक्षेपमा बताइएको थियो भने सर्वोच्च वारकाे अागामी कार्ययोजनाकाे बारेमा समेत प्रकाश पारिएको कुरा उक्त भेटघाटमा सहभागी सर्वोच्च अदालत वार एशाेसिएशनका उपाध्यक्ष तथा प्रत्यायाेजित बिधायन समितिका संयाेजकसमेत रहेका अधिवक्ता राजु खड्काले जनाएका छन ।

JICA काे तर्फबाट आफ्नाे धारणा व्यक्त गर्दै नेतृ नाेरिकाे मात्सुडाले सर्वोच्च अदालत वार एशाेसिएशनले अाफ्नाे कार्यकालको छाेटाे अवधिमा सम्पन्न गरेका कार्यक्रमहरूबाट आफूहरू प्रभावित भएकाे उल्लेख गर्दै अागामी दिनमा सर्वोच्च अदालत वार एशाेसिएशनकाे कार्ययोजना अन्तर्गतका कार्यहरूमा सर्वोच्च वार र JICA बीच सहकार्य गर्न सकिने सम्वन्धमा थप प्रष्ट पारेकि थिइन । यसका लागि विस्तृत छलफल आवश्यक रहेकाेले निकट दिनमै आपसी छलफल अघि बढाउने प्रतिवद्धता समेत उक्त अवसरमा व्यक्त गरिएकाे बताइएको छ ।