काठमाडौँ, १५ फागुन । बुधबार देशभर नै सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन् । दिउँसो धेरै ठाउँमा पानी पर्ने मौसम विद्को अनुमान छ ।
पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम बिहीबार दिउँसोपछि मात्रै खुल्दै जाने संभावना रहेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्