काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित सात जना हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस व्यक्त गर्दै उहाँले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटना परि मन्त्री अधिकारी, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, वीरेन्द्रबहादुर बुढाथोकी र अर्जुनकुमार घिमिरेको दुःखद् निधन प्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ । उहाँले मृत्यु हुनुभएका सातै जनाको दिगंवत आत्माको चिर शात्तिको कामना परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गनुभएको छ ।
उहाँले मन्त्री अधिकारी सहित सात जनाको दुःखद् निधनले देशलाई अपुर्णनिय क्षती पुगेको बताउँदै समृद्ध नेपाल सुखि नेपालीको अभियानका यसले ठूलो असर परेको बताउनुभएको छ । उहाँको देशलाई समृद्ध बनाउने सपनाले साकार रुप पाओस् भनि भगवानसँग प्रथना समेत गर्नुभएको छ ।
उहाँको स्ट्याटस जस्ताको तस्तै ‘कमरेड रबिन्द्र ! संभावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन !! राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन !! पिडा र आँशुसंगै हार्दिक श्रद्धान्जली !!’










प्रतिक्रिया दिनुहोस्