समाचार

हतियारसहित सुनसरीमा एक जना पक्राउ



सुनसरी, १६ फागुन । सुनसरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान हतियारसहित  प्रहरीले पक्राउ गरेको छ ।

बुधबार धरान पानमाराबाट मोरङतर्फ मोटरसाइकलमा जाँदै गर्दा मोरङको बेलबारी नगरपालिका- १० का सन्दीप भनिने देवकुमार लिम्बूलाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले चेकजाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा नरोकेपछि शंका लागेर पछ्याउँदै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 पक्राउ परेका लिम्बूलाई पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान  गरिरहेको प्रहरीले जनाएको छ ।