समाचार

काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हिमपात



भक्तपुर, १६ फागुन । काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हिमपात भएको छ ।

देशको उच्च हिमाली भेगका अधिकाशं ठाउँमा हिमपात भएको छ । हिमपात परेसँगै स्थानीयवासीमा दैनीक जीवनयायन गर्न कठिनाई उत्पन्न भएको छ ।

त्यस्तै भक्तपुरमा १२ वर्षपछि आज हिमपात भएको छ । वि.सं. २०६३ साल फागुन २ गते भक्तपुरलगायत उपत्यकामा हिमपात भएपछि आज भक्तपुर जिल्लाकै प्रायः जसो क्षेत्रमा हिमपात भएको हो ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बुधबारदेखि परेको वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा बिहीवार भक्तपुरका विभिन्न क्षेत्रमा हिमपात भएको हो । यसैगरी भक्तपुरको नगरकोट, सुडाललगायत उच्च स्थानमा गएराति देखिनै हिमपात भएको थियो ।