१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको काठमाडौँको टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेदेखि ११ बजेसम्मका लागि स्थगित भएको छ ।
आज तीन बजेदेखि गर्ने भनिएको श्रद्धाञ्जली सभाको समय अभावका कारण स्थगित गरिएको हो । मौसमको कठिनाईका कारण शब काठमाडौँ ल्याउन समय लागेको र त्रिविले पोष्ट मार्टम गर्न समेत केही समय लाग्ने भएकाले उक्त श्रद्धाञ्जली सभा स्थगित गरिएको हो ।
मन्त्री अधिकारीलाई टुडिखेलमा गरिने श्रद्धाञ्जलीसभा पश्चात पोखरा लगिने भएको छ । दुर्घटनामा उहाँ सहित ७ जनाको मृत्यु भएको थियो । मन्त्री अधिकारी र उहाँको पिएसओ बाहेकको शब चिन्न नसकिने भएकाले डिएनए परिक्षण समेत गर्नुपर्ने भएकाले समय लम्बीएको बताइएको छ ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्