समाचार

लागूऔषधसहित २ जना पक्राउ



बीरगंज, १७ फागुन ।  बीरगंज महानगरपालिका—१६ रजतजयन्तीबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउसो काठमाडौं महानगरपालिका—१० बस्ने रितिलबहादुर शाही र अर्का एकजनालाई डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाईट्रोभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेका छन ।

उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।