कञ्चनपुर, १८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जलस्रोतको धनी देश नेपालमा समृद्धि र सुशासनको लागि विद्युतमा जनताको सेयर, जनतालाई नै नाफाको बातावरण सिर्जना गुर्नपर्ने बताउनुभएको छ ।
प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको शुक्रबार महेन्द्रनगरमा उद्घाटन गर्दै सभापति देउवाले राष्ट्रिय गौरवका योजनाहरु स्थानीय जनताले नै बनाएमा त्यहाँको आवश्यकता र जनताको चाहना अनुसार हुने भएकाले जनताले नै योजना बनाउनु पर्ने बताउनुभएको छ।
उहाँले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताउनुभएको छ । विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएकाले गौरवको योजनालाई यहीँका जनताले बनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले परियोजनाको शेयर सुदूरपश्चिवासीलाई दिनुपर्ने र त्यसको नाफा पनि यहाँका जनतालेनै पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जलविद्युत्का दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहीँ छ, सेती र महाकाली यहीँ छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ ।”










प्रतिक्रिया दिनुहोस्