काठमाडौँ, १८ फागुन । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दोलखाले शुरु गरेको ‘प्रहरीसँग एकदिन कार्यक्रम’ शुक्रबार दोलखा चरिकोटस्थित कालिञ्चोक माविका ६५ जना बिद्यार्थीहरुलाई आफ्नो कार्यालयमा निम्त्याएर विभिन्न प्रहरी गतिविधिहरु, बिद्यार्थीहरुले अपनाउनु पर्ने सुरक्षा सावधानहरु तथा ट्राफिक जनचेतनाको बारेमा अन्तरक्रिया तथा अवलोकन भम्रण गराईएको थियो ।
प्रहरी कन्ट्रोल रुमदेखि हिरासत कक्ष, सञ्चार शाखा, महिला वालवालिका केन्द्र, जिल्ला अदालत, कारागार लगायत दैविक प्रकोप उद्दार साम्राग्री समेत अवलोकन गराई उनीहरुका विभिन्न जिज्ञासाहरुको समाधान गर्ने प्रयास गरिएको थियो । विद्यार्थीहरुले १०० मा आउने फोन र यसको कारवाही प्रकृयाको बारेमा निकै चासो व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले विद्यार्थीलाई स्वागत गरेका थिए । पहिलो पटक प्रहरी कार्यालमा पाईला टेकेका बिद्यार्थीहरु प्रहरीको स्वागत तथा न्यानो मायाले हर्षित देखिन्थे ।
विद्यार्थीहरुले सडकमा हिड्दा ट्राफिक नियम पालना गर्नु पर्ने, अभिभावकको स्विकृत विना बाहिर जान नहुने, अपरिचित व्यक्तिले दिएको खानेकुरा खान नहुने, आगो र पानी तथा धारिलो हतियारसँग खेल्न नहुने, कुनै घट्ना घटे तुरुन्त प्रहरीलाई खवर गर्नुपर्ने, जस्ता विषयमा सिक्न पाएको र यसलाई व्यबहारमा लागु गर्ने प्रतिक्रिया दिएका थिए ।त्यसैगरी बिद्यालयका शिक्षक बिमल रोकाले ‘प्रहरीसंग एकदिन कार्यक्रम’ अत्यन्त प्रभावकारी तथा समय सापेक्ष रहेको प्रतिकृया दिए ।










प्रतिक्रिया दिनुहोस्