काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले स्व. रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने भन्ने कुनै सन्तयता नभई कुप्रचार गरिएको बताउँदै उक्त क्षेत्रमा उहाँकै परिवारका सदस्यलाई उमेद्वार बनाउनुपर्नेमा जोड दिनुभको छ ।
आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै हेलिकप्टर दुर्घटनामा परी हालै मृत्यु भएका नेकपा सांसद स्व रवीन्द्रको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै मनसाय नदेखाएको तर आफ्ना विरुद्ध कुत्सित उद्देश्यप्रेरित कुप्रचार सुरु गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ ।
निवर्तमान संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका रवीन्द्रको निधनपछि उनको निर्वाचन क्षेत्र कास्की – २ खाली भएको छ । आफ्नो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने उहाँले प्रष्ट पार्दै उहाँले भन्नुभएको छ, ‘मेरो सम्पूर्ण प्रयत्न स्व।क। रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउनेछु ।’











प्रतिक्रिया दिनुहोस्