गोरखा, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्धि धनीमानी, शहरवासीले मात्र नभई गाउँगाउँका जनताले महसुस गर्ने हुने बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकासको काम अघि बढाएको भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले सरकारले गरेका राम्रा काममा प्रतिपक्षलगायतका दललाई हातेमालो गरेर अघि आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “विकास सरकार र सत्तारुढ पार्टीको मात्र एजेण्डा बन्नु हुँदैन,प्रतिपक्ष, अन्य राजनीतिक दल र आम जनताको पनि एजेण्डा बन्नुपर्छ ।”
प्रवक्ता श्रेष्ठले जनताको त्याग तपस्या र बलिदानबाट आएको राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्र सीमित गर्न नहुने भन्दै संविधानमा उल्लेखित नागरिकको मौलिक हक पूरा गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्