सर्लाही, १९ फागुन । सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ ।
शनिबार राति गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ बर्सिया मनोज कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच गोली लागेको मृतक यादवलाई राति ९ बजे कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राती अबेरसम्म घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको हो ।
उक्त हत्याको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्