काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुर्वअर्थमन्त्री तथा नेकपाका नेता भरत मोहन अधिकारीको मृत्यु दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।
२३ गते नेता अधिकारी तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा संयुक्त श्रद्धाञ्जली सभा गर्ने समेत भएको छ । त्यस्तै आज नेकपाले आफ्नो पार्टीको झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।
त्यस्तै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्थिक शरिरमा पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली व्यक्त गुर्नभएको छ । त्यस्तै बरिष्ठ नेता माधब कुमार नेपाल लगायतले श्रद्धाञ्जली दिइसक्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्