पोखरा, १९ फागुन । पोखराको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना घाइते भएका छन् ।
परिचय खुल्न नसकेको घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्याइएको छ भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन नामिलेर तालमा खसेको र जानकारी पाएलगत्तै उद्धार टोली परिचालन गरि उद्धार गरीएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्