जाडो मौसममा ‘स्टिम’ लिदाको फाइदाहरु धेरै हुने गर्दछ । ‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो । जसले गर्दा शरीरबाट पसिना निस्कन्छ र शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।
स्टिमले शरीरमा नशा खुलाउने काम गर्नुको साथै उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत गर्दछ ।
स्टिमका फाइदाहरु
१. तनावबाट मुक्ति दिलाउँछ ।
२. निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ ।
३. छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ ।
४. शरीरमा भएका बिकारलाई हटाउँछ ।
५. शरीरले आनन्द महसुस गर्छ ।
६. स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ ।
७. जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम लिदा जोर्नीहरु खुकुलो बनाउन मदत गर्दछ ।
नोट, स्टिम साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएकाले लिनू हुँदैन ।
प्रतिक्रिया दिनुहोस्