काठमाडौं, २० फागुन । बलिउड अभिनेत्री प्रियंका चोपडालाई युनिसेफको सद्भावना दूतबाट हटाउन पाकिस्तानले माग गरेको छ ।
पुलवामा आतंककारी हमला पछि भारतीय वायुसेनाद्वारा पाकिस्तानको बालाकोटमा गरिएको एयर स्ट्राइकको प्रियंका भारतीय वायुसेनाको प्रशंसा गर्दै ‘जयहिन्द’ लेखेर ट्वीट गरेकी थिइन् ।
प्रियंकाले भारतीय वायु सेनाको समर्थन गर्न नमिल्ने भन्दै पाकिस्तानले उनलाई यूनिसेफको सद्भावना दूतबाट हटाउनुपर्ने माग गरेको छ ।
साथै पाकिस्तानका तर्फबाट चोपडाविरुद्ध मुद्दा दर्ता समेत गरिएको छ । उक्त मुद्दामा लेखीएको छ, ‘दुई देशबीच यदि न्यूक्लियर वार हुन्छ भने त्यसले केवल त्रासदी उत्पन्न हुन्छ । यूनिसेफको सद्भावना दूत भएका नाताले प्रियंका चोपडाले भारतीय वायुसेनाको समर्थन गर्दै ट्वीट गर्नुपर्ने थिएन । उनले शान्ति र निष्पक्षताको परिचय दिनु आवश्यक थियो । उनीद्वारा गरिएको ट्वीट एक यूनिसेफको सद्भावना दूतको नाताले गलत हो । उनी यस पदका लागि योग्य छैनन् ।’
फेब्रुअरी १४ मा भारतको कश्मीरमा रहेको पुलवामा क्षेत्रमा भएको आतंककारी हमला आतंकवादी संगठनले गरेको थियो । उक्त हमलामा ४० जना सैनीक जवान मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्