काठमाडौँ, २१ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथी बन्देज लगाउन खोजे कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाले भन्नुभयो, ‘विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ । साइबर क्राइम देखाएर सामाजिक संजाल र अनलाईन मिडियालाई बहान बाजी गरेर बन्द गर्ने कुरालाई हामी सहदैनौं ।’
पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले वर्तमान सरकार एक पछि अर्को गर्दै अधिनायकवाद उन्मुख भएको समेत आरोप लगाउनुभयो । उहाँले वर्तमान केपी ओली नेतृत्वको सरकारले भ्रष्टचारको अखडा बनाएको बताउँदै पछिल्लो समय हुने विभिन्न प्रकारका हत्या, हिंसा, वलत्कार जस्ता अपराधिक कृयाकलापहरु अत्याधिक मात्रामा बढेको बताउनुभयो । उहाँले यस्ता अपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेताहरु जिवन खत्री, यादव प्रसाद अधिकारी, तिकल प्रसाद कायस्थलगायतले पार्टीले स्वर्गीय पण्डितको त्याग, समर्पण मुल्यांकन गर्दै उनलाई उचित सम्मान दिनु पर्ने धारणा राखेका राख्नु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्