राजनीति

एलआइसी इन्स्योरेन्सद्धारा मन्त्री अधिकारी परिवारलाई मृत्यु दाबी रकम भुक्तानी



पोखरा, २१ फागुन । लाइफ इन्स्योरेन्स करपोरेशन (नेपाल) लिमिटेडले ताप्लेजुङमा हेलिकप्टर दृर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

एलआइसी नेपालको एक टिमले कम्पनीको नियम अनुसार उहाँको निवास पोखरा पर्स्याङ् पुगेर १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक उहाँकी धर्मपत्नी बिद्या भट्टराईलाई पोखराका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गर्नुभएको छ । मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको जिवन आनन्द नामको बिमा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले भूकम्पको समयमा पनि  बिमा गर्ने व्यक्तिहरुका आफन्तलाई मृत्यु दाबी रकम छोटो समयमै उपलब्ध गराएको थियो भने मन्त्री अधिकारीको समयमा समेत मृत्यु दाबी रकम छिटो उपलब्ध गराएको कम्पनीको दाबी छ।

कार्यक्रममा मन्त्री अधिकारीको निधनको घटना प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको एजेन्सी म्यानेजर गोविन्द खड्काले बताउनुभयो । मन्त्री अधिकारीको भोलि मंगलबार ७ दिनमा किरियाकर्म सकिने भएको छ । भोलि सुद्धासुद्धि हुने भएको आफन्तले जनाएका छन् ।