समाचार

भक्तपुरमा एक बेवारिसे शव फेला



काठमाडौं, २१ फागुन । भक्तपुर सूर्यविनायक नगरपालिका-५ तोयनाटोलमा एकजनाको बेवारिसे शव फेला परेको छ ।

तोयनाटोलको बारिमा रहेका २ वटा परालको कुन्युको बीचमा करिब २५र३० वर्षे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

व्यक्तिको शवको पहिचान हुन नसकेपछि पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।