एजेन्सी, २१ फागुन । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुवान ग्वाइडो स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएका राष्ट्रपति ग्वाइडोलाई राजधानी कारकासमा उपस्थित हुँदा हजारौं समर्थकले स्वागत गरेसगै उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञ पनि पुगेका थिए ।
समर्थकहरुलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरुलाई तर्साउन खोजेको तर, भेनेजुएलाको जनता तर्सिन र मुदुरोको आदेश पालना गर्न छाडिसकेको बताएका छन ।
उनी कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी बैठकमा उपस्थित भएसगै मानवीय सहायता भित्र्याउन भन्दै १० दिनअघि देशबाहिर गएका थिए ।
प्रतिक्रिया दिनुहोस्