काठमाण्डौ, २१ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको बिदेशी विनिमय दर यसप्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ ।
आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ ।
यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा छ । कुवेती दिनारको भाउ भने केही पैसा घटेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५७ पैसा तोकिएको छ । हिजो खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८८ पैसा तोकिएको थियो ।
कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३ सय १५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७४ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्