एजेन्सी, २१ फागुन । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन स्वदेश फर्किएका छन ।
कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार मङ्गलबार बिहान रेलमार्फत उनी स्वदेश फर्किएको जनाएको छ । नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए ।
किमले भियतनाम भ्रमणका अवसरमा राजधानी हनोइमा गत फेबु्रअरी २७ र २८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए ।
यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो । किमको भियतनाम भ्रमणको क्रममा भियतनामका राष्ट्रपति एनगुएन फु ट्रोङ र प्रधानमन्त्री एनगुएन जुआन फुकसँग भेटवार्ता भएको थियो ।










प्रतिक्रिया दिनुहोस्