समाचार

स्कुटर दुर्घटना हुँदा २२ वर्षीया युवकको मृत्यु



काठमाडौँ, २२ फागुन ।  काठमाडौँ महानगरपालिका–१५ छाउनीमा स्कुटर रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर छेउको रुखमा ठोक्किँदा २२ वर्षीय सुजन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  घाइते भएका काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ ।