बाजुरा, २२ फागुन । बाजुरा खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा चट्याङ लागेर एउटै परिवारका तीन जना घाइते भएका छन् ।
सोमबार राती १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते भ्येका उनिहरुको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्