विश्व

खामभित्र विष्फोटक पदार्थ



एजेन्सी, २२ फागुन । लण्डनका हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा ए-फोर आकारको खामभित्र विष्फोटक पदार्थ फेला परेको छ ।

प्रहरीका अनुसार विष्फोटक पदार्थलाई खामभित्र यसरी राखिएको थियो कि खाम खोल्नासाथ आगो लाग्ने थियो । विष्फोटक पदार्थले कसैलाई हानी भने नपुर्‍याएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । त्यस्तै सीएनएन टेलिभिजन च्यानलको कार्यालयमा त्यस्तै शंकास्पद बस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो ।