विश्व

अमेरिकाल दियो भारतलाई झट्का : भारत ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट निस्कासित



एजेन्सी, २२ फागुन । अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ ।

अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’मा हेरफेर गर्दै भारतलाई निकाल्ने निर्णय गरेको हो । यो परिवर्तनपछि अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमाआधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ । यसको यसको असरले हजारौँको रोजगारीमा संकट निम्त्याउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।