राजनीति

विप्लवको बन्द : ५ जिल्लाको जनजीवन प्रभावित



दाङ, २३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रहरी प्रशासनले विना कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लवको राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्दको आह्वान गरेको हो । बन्दका कारण रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने त्यहाँका बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् ।

विप्लवको बन्द स् ५ जिल्लाको जनजीवन प्रभावितप्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग विप्लप समूहले गरेको छ ।