समाचार

करेन्ट लागेर १ जनाको मृत्यु



भक्तपुर, २३ फागुन । भक्तपुरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका-७ गोलमडीका केशब कवाङको घरको माथिल्लो तलामा विजुली मर्मत गर्ने क्रममा सूर्यविनायक नगरपालिका-८ आदर्शचोकका गोविन्दप्रसाद छुक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकागोविन्द भक्तपुर अस्पतालमा पचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।