विश्व

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली जमानतमा रिहा



एजेन्सी २३ फागुन । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक जमानतमा रिहा भएका छन् ।

भ्रष्टाचारको आरोपमा थुनामा रहेका पूर्व राष्ट्रपति ली बुधबार माथिल्लो अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो ।

सियोल उच्च अदालतले पूर्व राष्ट्रपति लीले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिएको निवेदनलाई स्वीकृत गरेको थियो।

अदालतको आदेशमा पूर्व राष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ ।

उनीमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ । पूर्व राष्ट्रपति लीले उक्त शर्तहरु स्वीकारेका छन् ।