विश्व

जम्मूमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ घाइते



एजेन्सी, २३ फागुन । भारतको जम्मू–कश्मीरमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ जना घाइते भएको छ ।

बीबीसीका अनुसार बिहीबार बिहान पौने बाह्र बजे विस्फोट भएको प्रहरीले जनाएको छ । केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । त्यो बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।

विस्फोटबाट पञ्जाब रोडवेजको एउटा बसमा क्षति पुगेको छ भने बसमा रहेका केही यात्रु पनि घाइते भएका छन् ।  घाइतेहरुको नजिकै रहेको अस्पतालमा उपचार भैरहेको जनाएको छ ।