चितवन, २४ फागुन । मौरी पालक किसानहरुलाई व्यवसायिक रुपमा गुणस्तरीय मह उत्पादन अब्बल बनाउन मह उत्पादन प्रशोधन प्रविधि प्रर्दशन तथा स्थलगत ३ दिने तालिम प्रदान गरिएको छ ।
मह उत्पादनको राजधनीको रुपमा परिचित चितवनमा महको गृणस्तरी वृद्धिसगैँ व्यवसायिक रुपमा किसानहरुलाई थप अब्बल बनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई (मौरी जोन) चितवनको आयोजनामा तालिम गराईएको हो ।
“चितवन महका लागि मुलुकमै अग्रण्ी छ, परियोजना ईकाई कार्यालयका प्रमुख मेघनाथ तिमल्सेनाले भने, तर पनि यहाँको महमा पछिल्लो समयमा गुणस्तरका सबालमा केहि समस्या आएपछि मह उत्पादनमा किसानलाई प्रशिक्षित गराई गुणस्तर वृद्धि र किसान अब्बल बनाउन तालिम दिईएको हो ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको प्राविधिक सहयोगमा जोन अन्र्तगतका मौरी पालनमा अब्बल २१ जना किसानहरुलाई तालिममा सहभागी गराईएको तिमल्सेनाले बताए ।
तालिममा मौरी विज्ञ प्रोफेसर डा. खेमराज न्यौपाने र नेपाल मौरी पालकमहासंघका पूर्व अध्यक्ष धुव्रतारा लामिछानेले सहजीकरण गरेको तालिममा गुणस्रीय मह उत्पादनको अवसर तथा चुनौती, मह प्रशोधन, लेबलिङ्ग, प्याकेजिङ्गलाई मुख्य आधार मानेर प्रशिक्षण गराईएको थियो ।
तालिमको अवसरमा चेपाङ्ग सुमदायहरुले सञ्चालक गरेको जनचेतना साना किसान कृषि सहकारी अन्र्तगत सञ्चालित मह संकलन तथा प्रशोधन केन्द्रको अवलोकन र छलफल समेत गरिएको थियो ।
चिउरीको मह उत्पादन गर्दै केन्द्रका अध्यक्ष दिनेश चेपाङ्गले सो अवसरमा आफुहरुले मौरी पालनमा परम्परागत शैलीलाई परिर्वतन गर्दै वयवसायिकहरुमा गरेको सफलताको बारेमा प्रकाश पारेका थिए ।
तालिममा सहभगी खैरहनी ४ की मनु गुरुङ्गले आफुहरुले महको प्रशोधन घरायसी विधि भन्दा व्यवसायिक रुपमा गरे धेरै आम्दानीसगैँ आफ्नै व्राण्ड बनाउन सक्ने भएको बताईन् ।
उनी मात्र नभई कालिका नगरपालिमा व्यवसायिक मौरी पालन गर्दै आएको विकास नेपालले पनि आफहरु मह उत्पादन गरेपछि आफै प्रशोधन गर्न समान्य कुरामा ख्याल गरे पनि धेरै सफलता तालिम उपयोगी भएको प्रतिक्रिया दिए ।
तालिमको समापनमा जोनका प्रमुख मेघनाथ तिमल्सेना, नेपाल मौरीपालक महासंघका पुर्बअध्यक्ष ध्रुवतारा लामिछाने, नेपाल मौरीपालक महासंघका कार्यालय प्रमुख ठाकुरप्रसाद दवाडी, मौरी जोन सञ्चालन समितिका संयोजक धर्मराज लामा, जोनका प्राविधिक सहायकहरु चित्रबहादुर बस्नेत, पूरुषोत्तम तिवारी र्तकबहादुर कुवँरलगायतले बालेका थिए । चितवनमा बार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुदै आएको छ । भने २० हजार किसानहरु प्रत्यक्ष रुपमा मौरी पालनमा सहभागी हुदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्