एजेन्सी, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई जेल सजाय सुनाइएको छ ।
बिहीबार फेडेरल जजले बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई ४७ महिना कैद सजाय सुनाएको हो । अमेरिकाको न्यायिक विभागले २२ महिना लगाएर पाउललाईमाथि लागेका अभियोगबारे अनुसन्धान गरेको थियो ।
बीबीसीका अनुसार उनी अर्को साता जेल जान सक्ने छन । युक्रेनलाई राजनीतिक परामर्श दिएबापत आर्जित आम्दानी लुकाएकोलगायतका ८ अभियोगमा पाउललाई पछिल्लो गृष्ममा भर्जिनिया अदालतले दोषी ठहर्याइएको थियो ।










प्रतिक्रिया दिनुहोस्