कञ्चनपुर, २४ फागुन । कञ्चनपुरमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान भीमदत्त नगरपालिका–३ नौलाखेत भाँसी ब्रम्हदेब सडकखण्डमा म १ ख ७३७ नम्बरको टिपरले १० वर्षीय विकास ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त ठाउमा बालकलाई टिपरले जानी जानी ठक्कर दिएर मारेको भन्दै स्थानीयले विरोध गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्