समाचार

मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु, दुई जना घाइते



दाङ, २७ फागुन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ ।

आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-१, नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक लमही-२ का २० वर्षीय सुशील चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि बसेका राप्ती गाउँपालिका-६ का अमिस चौधरी घाइते भएका छन् । घाइते भएका दुवै जनालाई बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।