काठमाडौं, २७ फागुन । फिल्म ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिषामा’ले एक करोड भ्युज पाएको छ ।
युट्युबमा रिलिज भएको ४५ दिनमा यो गीतको भिडियोले एक करोड दर्शक पाएको हो । गीतको भिडियोमा लाइक गर्नेको संख्या ६८ हजार भन्दा बढी रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंह, वर्षा राउत, आँचल शर्मा र पुष्प खड्काको अभिनय रहेको छ ।
गीतमा हरिवंश आचार्यको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराजले करियोग्राफी गरेका छन् ।
‘मह संचार’को व्यानरमा निर्माण भएको दाल भात तरकारी बैशाख १३ गते देशभर प्रदर्शनमा आउने भएको छ ।










प्रतिक्रिया दिनुहोस्